npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo

Artha Sarokar :: Nepal's No.1 Economic News

Artha Sarokar :: Nepal's No. 1 Business News Portal. Brings you Exclusive business news from Nepal and around the world.

अमेरिका पठाउने भन्दै ६ लाख ३० हजार ठग्ने महिला पक्राउ

Supriya Acharya | 14 hours ago
काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. ११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने चन्द्रकला सापकोटा दाहाल पक्राउ परेकी हुन् ।

‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म मनाइने, युवामा वित्तीय साक्षरता विस्तार गरिने

Supriya Acharya | 15 hours ago
काठमाडौँ। बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ ।

मटरकोसा प्रतिकेजी ५५ रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य…

Supriya Acharya | 21 hours ago
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो

Supriya Acharya | 21 hours ago
काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि तीन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ५०५० रुपैयाँमा कारोबार भईरहेको छ ।

अब चुनाव प्रचारमा ‘सनरुफ गाडी’ प्रयोग गर्न नपाइने !

Sudarshan Shrestha | 23 hours ago
काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा ‘सनरुफ गाडी’ प्रयोग गर्न नपाउने भएका छन् । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उम्मेदवारहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । योसँगै अबदेखि उम्मेदवाहरुले चुनावी प्रचारप्रसारमाContinue reading "अब चुनाव प्रचारमा ‘सनरुफ गाडी’ प्रयोग गर्न नपाइने !

Explore news by Category