Kiran Poudel
|
51 minutes ago
काठमाडौँ- कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)माथि रोमान्चक जित दर्ता गरेको छ। शुक्रबार राति अहमदाबादमा भएको खेलमा गुजरातले कोलकातालाई ५ विकेटले पराजित गरेको हो। कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा अदालतबाट समाधान नआउने बताएका छन् । कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलालाई सङ्केत गर्दै उनले यस्तो दाबी गरेका हुन् । बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो।राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- उज्यालो नेपाल पार्टी (उनेपा)ले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ मा पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने अपेक्षा थियो । तर वास्तविकता ठिक उल्टो देखिएको छ ।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- नेपाली क्रिकेट टोलीले पहिलो पटक टी २० (२० ओभर) र एकदिवसीय (५० ओभर) क्रिकेटमा फरक कप्तानको चयन गरेको छ। आगामी सोमबार र मंगलबार यूएईसँग घरेलु मैदानमा दुई खेलको टी २०आई शृंखलाको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। यसअघिका टी २० कप्तान रोहितकुमार पौडेल भने टी २० फरम्याटमा देखिने छैनन्। उनले ओडीआई सम्हाल्नेछन्।
Kiran Poudel
|
1 hour ago
म्याग्दी- कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको छ । सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले अल्पकालिन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने ‘बेञ्चिङ’ बिधि अपनाएको हो ।
Madhav P. Nepal
|
2 hours ago
Kiran Poudel
|
2 hours ago
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को गीत युट्युब च्यानलबाट हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी परेको छ । तत्कालीन संविधानसभा सदस्य समेत रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक सुनीलबाबु पन्तले उजुरी दिएका छन् । उक्त गीतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको भन्दै उनले उजुरी दिएको साइबर ब्युरोका एसपी दीपक गिरीले जानकारी दिए ।
Kiran Poudel
|
2 hours ago
काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलका नेता छान्न आजपनि छलफल हुँदैछ। हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए। दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार छन्।
Kiran Poudel
|
2 hours ago
लहान- सिरहामा एक महिनाको अवधिमा १९ स्थानमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयको विवरण अनुसार चैत महिनाभर विभिन्न १९ स्थानमा आगलागी भएका हुन्।आगलागीबाट ३३ लाख २७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट लगायतका कारणबारे आगलागी भएको प्रहरीले जनाएको छ ।
Kiran Poudel
|
2 hours ago
काठमाडौँ- नेकपा एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ। सो पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो।
Kiran Poudel
|
2 hours ago
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ। सो एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई १० बुँदे सुझावपत्र हस्तान्तरण गरेको हो ।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलालाई न्यायपूर्ण भन्दै स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्चको निर्णयले पार्टीका सदस्यहरूले विधिको शासनका लागि गरेको लामो सङ्घर्षको सम्मान गरेको उनले बताएका छन् ।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- मकवानपुरमा शुक्रबार साँझ छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
Kiran Poudel
|
3 hours ago
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- नेकपा एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने भएको छ। एमाले केन्द्रीय कार्यालयको आज बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ।
Madhav P. Nepal
|
10 hours ago
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसला स्वीकार गर्न पार्टीका सबै पक्षलाई आह्वान गरेका छन्। उनले उक्त फैसला कसैका लागि पनि हार वा जीतको विषय नभएको स्पष्ट पारेका छन्। पौडेलले एक वक्तव्य जारी गर्दै फैसलालाई जितहारको रूपमा व्याख्या गर्दा पार्टी एकतामा असर पर्न सक्ने भएकाले त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे।
Madhav P. Nepal
|
11 hours ago
काठमाडौँ- सर्वोच्च अदालतले गगन थापा सभापति रहेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। अदालतले शुक्रबार राति यस्तो फैसला सुनाएको हो। अदालतको यस्तो फैसलापछि तीन महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गरेको उक्त फैसला शुक्रबार राति अबेर सुनाइएको हो।
Dhairya Kanta Dutta
|
12 hours ago
काठमाडौँ- नेपाली कांग्रेसलाई प्रतिनिधिसभा संसदीय दलको नेता चयन थप केही दिन लाग्ने भएको छ। संसदीय दलको विधान परिमार्जन र सहमतिको प्रयास भइरहेकाले दलको नेता चयन गर्न कांग्रेसलाई ढिलाइ भएको हो। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य सबै दलले दलको नेता चयन गरिसके पनि कांग्रेसले हालसम्म प्रक्रियासमेत सुरू गर्न सकेको छैन।