npl.977 Nepal News Stream

Himal Press logo

Himal Press

Dot NewsyNepal Media and Research Pvt Ltd.

आन्तरिक चुनावबाट कहिलेसम्म भाग्छन् प्रचण्ड?

Madhav P. Nepal | 8 hours ago
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचनबाट तेस्रोपल्ट पार्टी अध्यक्ष चयन हुँदा अर्को वामपन्थी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व चयन प्रक्रियाबारे बहस भइरहेको छ। प्रचण्ड झन्डै चार दशकदेखि बिना चुनावी प्रतिस्पर्धा पार्टी प्रमुख रहँदै आएकाले उनीबारे चासो बढेको हो। लामो समयदेखि पार्टी प्रमुख रहे पनि प्रचण्ड चुनावबाट चयन भएको इतिहास छैन।

संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैन : यादव

Dhairya Kanta Dutta | 8 hours ago
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताएका छन्। सोमबार सिरहाको गोलबजारमा दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरूको (डोटिम) परिसंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा सबै जनताको भावनालाई उचित सम्बोधन नगर्दा मुलुक अस्थिर भइरहेको बताए।

पाँच महिनामा ५८ प्रतिशतले बढ्यो निर्यात

Madhav P. Nepal | 8 hours ago
काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा व्यापार घाटा बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ८३ अर्ब रुपैयाँ थियो। यस अवधिमा आयात १५.

एनपीआई नारायणी सामुदायिक हस्पिटलको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट

Dhairya Kanta Dutta | 8 hours ago
काठमाडौँ- एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

एक वर्षमा जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु

Keshav Rana Chhetri | 8 hours ago
काठमाडौँ- जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो। यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शंकास्पद बिरामीको परीक्षण गरिएको उनले बताए।

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न

Dhairya Kanta Dutta | 9 hours ago
काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले सेयरधनीहरूका लागि प्रस्ताव गरिएको आकर्षक लाभांश पारित गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। बैंकले जनाएअनुसार बोनस सेयर ५ प्रतिशत र नगद लाभांश करसहित ५.

ग्लोबल आईएमई बैंकको सेयर धितो कर्जा ५० लाखसम्मको कर्जा अनलाईन बाटै

Dhairya Kanta Dutta | 9 hours ago
काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्।

चियाको चुस्कीभन्दा मिठा चुनावी गफ!

Keshav Rana Chhetri | 10 hours ago
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५, वन समिति बजार छेउको चिया पसलमा अचेल हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ। यहाँ उपस्थित भएकाहरूको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागि भन्दा निर्वाचनको गफ गर्न आएका हुन्। यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी र अगुवा नागरिक हुन्छन्। हरेकले आआफ्नै विश्लेषण सुनाउँछन्।

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित

Dhairya Kanta Dutta | 10 hours ago
काठमाडौँ – जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्।

समयमै निर्वाचन हुन्छ : प्रधानमन्त्री

Dhairya Kanta Dutta | 10 hours ago
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्ने बताएकी छन्। निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफमा प्रधानमन्त्री कार्कीले देशको सर्वैसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाब जनतालाई पोख्न नहुने समेत बताइन्।

निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

Dhairya Kanta Dutta | 10 hours ago
काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन्। सिंहदरबारमा सोमबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उनले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी गराए।

फागुन २१ मा चुनाव हुने आधार देखा परेको छैन : एमाले

Dhairya Kanta Dutta | 11 hours ago
काठमाडौँ- नेकपा एमालेले फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाएको छ। निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलका क्रममा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको बताएका हुन्। उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेको सुनाए।

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

Keshav Rana Chhetri | 11 hours ago
तानसेन (पाल्पा)- यहाँको तानसेनलाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ। तानसेन गुठी पाल्पाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनका पर्यटकीय गन्तव्यलाई देश तथा विदेशमा चिनाउने उद्देश्यसहित तीन दिने प्रदर्शनी आयोजना गरेको हो। यही पुस ६ गतेदेखि पाल्पा दरबार सङ्ग्रहालय परिसरमा चित्रकला तथा फोटो प्रदर्शनी भइरहेको छ।

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

Dhairya Kanta Dutta | 11 hours ago
काठमाडौँ – नेकपा (एमाले) का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको उनले आरोप लगाए।

शिक्षामन्त्री पुनको तीन महिना : इच्छाशक्ति बलियो, समन्वय कमजोर

Ramesh Dawadi | 11 hours ago
काठमाडौँ- जेनजी विद्रोहमा शिक्षा सुधारको माग पनि उठेकाले नयाँ सरकार गठन हुनेबित्तिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री को बन्ला भन्ने चासो बढी थियो। सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षण, विश्वविद्यालयमा गहिरिँदै गएको राजनीति, शिक्षक, कर्मचारी असन्तुष्टि, विद्यार्थी विदेश पलायन र विश्वासको संकटबीच शिक्षामन्त्री बनेका महावीर पुनप्रति धेरैले फरक र साहसिक सुधारको अपेक्षा गरेका थिए।

निर्धारित मितिमै निर्वाचन हुन्छ : घिसिङ

Dhairya Kanta Dutta | 11 hours ago
काठमाडौँ– उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने बताएका छन्। मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहको बताए। एक महिना अघिमात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो।

युट्युबमा आयो सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’

Susmita Bajagain | 12 hours ago
काठमाडौँ- फिल्म ‘हिजो आजका कुरा’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म हाइलाइटस् नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक साकार पन्त हुन्। साकार वरिष्ठ हास्यकलाकार सन्तोष पन्तका छोरा हुन्। फिल्म सन्तोषकै लगानीमा बनेको थियो।

ओलीप्रति रविको कटाक्ष : उहाँले लगाएको गुन तिर्न अदालत धाइरहेको छु

Dhairya Kanta Dutta | 12 hours ago
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै कटाक्ष गरेका छन्। सोमबार तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगेका लामिछानेले केपी ओलीले आफूलाई गुन लगाएको भन्ने गरेको र त्यही गुन तिर्नका लागि सबै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताए।

‘सेनाले राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ’

Keshav Rana Chhetri | 12 hours ago
काठमाडौँ- जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ। परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ।

Explore news by Category