बालेनको १२ वर्षअघिको ‘रअ बार्ज र्याप ब्याटल’ हटाउन माग गर्दै उजुरी
Kiran Poudel
|
5 hours ago
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को गीत युट्युब च्यानलबाट हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी परेको छ ।
तत्कालीन संविधानसभा सदस्य समेत रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक सुनीलबाबु पन्तले उजुरी दिएका छन् । उक्त गीतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको भन्दै उनले उजुरी दिएको साइबर ब्युरोका एसपी दीपक गिरीले जानकारी दिए ।
‘उक्त गीत हटाई पाउँ भनेर उजुरी परेको छ,’ एसपी गिरीले भने, ‘के रहेछ हामीले अध्ययन सुरु गरेका छौँ ।’ १२ वर्षअगाडि सङ्सनेपाललगायत केही युट्युब च्यानलमा ‘रअ बार्ज र्याप ब्याटल’ अपलोड छ । जसमा यौनिक तथा लैंगिक अल्पसंख्यक र महिलाबारे बालेनले प्रयोग गरेका केही शब्द आपत्तिजनक छन् ।