npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सभामुख यादवद्वारा शपथ ग्रहण

नेपालन्युज 8 hours ago

धनुषा। मधेस प्रदेशसभाका तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज (आइतबार) जनकपुरमा एक समारोहबीच यादवलाई सभामुख पदको शपथ गराए। उनले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिए।

मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले ताली बजाउँदै उनको स्वागत गरेका थिए।

यो पनि…

नवनिर्वाचित प्रदेश सभामुख : शिक्षकदेखि सफाइ अभियन्तासम्म

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, उपसभामुख बबिता राउत ईशर, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, विभिन्न दलका नेताहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो। शिक्षक र पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका यादवले यसअघि जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीमा रहेर प्रदेशसभामा सक्रिय भूमिका खेल्दै आएका थिए। -रासस

Read more news from नेपाल न्युज

Explore by Source or Category