सार्वजनिक खरिदमा अनियमिता र मिलेमतोको अन्त्य गर्ने कांग्रेसको वाचा, एक वर्षभित्र कानुन संशोधन
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञपत्र सार्वजनिक गर्दै सार्वजनिक खरिदमा अनियमिता र मिलेमतोको अन्त्य गर्ने उल्लेख गरेको छ।
कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा सार्वजनिक खरिदमा हुने मिलेमतोको अन्त्य गर्दै स्वच्छ खरिद, समयमै गुणस्तरीय काम सुनिश्चित गर्ने वाचा गरेको हो।
प्रतिज्ञापत्रमा भनिको छ, ‘यसका लागि समयमै काम; गुणस्तरीय काम सुशासन सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र पुँजीगत वा विकास खर्चको प्रभावकारिता बढाउन, सार्वजनिक खरिद र ठेक्का प्रक्रियामा हुने मिलेमतो, लागत बढाउने, काम नगरी भुक्तानी लिने प्रवृत्ति र सीमित ठेकेदारको एकाधिकार रोक्न एकवर्ष भित्र सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्छौं।’
सूचना प्रविधि, स्वास्थ्य सामग्री तथा अन्य विशिष्ट प्रकृतिका वस्तु र सेवाको खरिदलाई व्यवस्थित गर्न सार्वजनिक खरिद ऐनमा विशेष र छुट्टै प्रावधानहरूको व्यवस्था गर्ने कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।
खरिद प्रक्रिया समयमै सुरू नगर्ने र खरिद निर्णयमा अनावश्यक ढिलाइ गर्ने अधिकारीलाई जिम्मेवार र जवाफदेही बनाउने पनि कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेको छ।
The post सार्वजनिक खरिदमा अनियमिता र मिलेमतोको अन्त्य गर्ने कांग्रेसको वाचा, एक वर्षभित्र कानुन संशोधन appeared first on BIZMANDU.