npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते

नेपाल न्युज 1 day ago

पाकिस्तान। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीको आवासीय भवनमा बिहीबार ग्याँस चुहावटले गर्दा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन्।

भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षेतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यलयले एक विज्ञप्ति मार्फत जनाएको छ।

विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन्।

प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्याँस चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ।

बालबालीकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category