npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

मागअनुसार तरकारी नआउँदा घटेन भाउ, गोलभेंडाको थोक मूल्य नै प्रति किलो १०० रुपैयाँभन्दा बढी

Sarala Subedi 15 hours ago

काठमाडौं। कालीमाटी तरकारी बजारमा मंसिरको दोस्रो सातापछि तरकारीको भाउ घट्ने अनुमान गरिएको थियो। तर, पछिल्लो समय हिउँदे तरकारीको भाउ घट्न सकेको छैन।

सिजनका तरकारी धेरै आएर फालाफाल हुने बेलामा उपभोक्ता महँगो मूल्यमा खरिद गर्न बाध्य छन्। अहिले काउली, गोलभेंडा, सिमी, मुला, हरियो साग सस्तो हुनुपर्ने समय भएपनि धेरैजसो तरकारीको भाउ घट्ने छाटकाट देखिएको छैन।

कालीमाटी तरकारी बजार समिति र तरकारी फलफूल व्यवसायी महासंघले गत कात्तिकमा परेको बेमौसमी पानीले यो वर्ष तरकारी उत्पादन समयमा हुन नसकेको बताउँदै आएका छन्। कात्तिकमा बेमौसमी पानीले २२ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको तरकारी बालीमा क्षति पुर्‍याएको कृषि मन्त्रालयले जनाएको छ।

वर्षाले देशभर ५८६ हेक्टरमा लगाएको ६ हजार ८३६ मेट्रिक टन तरकारी क्षति भएको थियो। यसले गर्दा हिउँदे तरकारीको खेतिमा ढिलाइ हुँदा बजारमा हरिया तरकारीको भाउ बढ्दै गएको दाबी गरिएको छ।

कालीमाटी तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बजारको मागअनुसार तरकारी नआउँदा भाउ ओरालो लाग्न नसकेको बताए।

‘सर्लाहीबाट गोलभेंडा आउने बेला हो यो,’ उनले भने, ‘अहिलेसम्म त्यहाँबाट गोलभेंडा बजारमा आउन सकेको छैन। उपत्यकाको टनेलमा फलेका गोलभेंडा सकिँदै गएको छ।’

बजारमा आएको पनि सबैतिर बाँडिने भएकोले मागअनुसारको आपूर्ति नभएको उनले जानकारी दिए। गत वर्षको तुलनामा केही तरकारीको भाउ घटेको देखिन्छ। अहिले थोरै मात्र तरकारीको भाउ महँगिएको हो।

‘नियमित बजारमा बढी खपत हुने गोलभेंडा धेरै नआउँदा भाउ घटबढ भइरहन्छ। कात्तिकको पानीले तरकारी उत्पादनमा ढिलाइ भएको थियो,’ उनले भने।

आलु धेरै आएपछि भाउ सस्तो हुँदै गएको छ। यतिबेला सुकेको प्याजको भाउ बढ्दै गएको छ। भारतबाट आयात हुने भएकोले यसको मूल्य आयातमा भर पर्ने सूचना अधिकारी श्रेष्ठले बताए।

कालीमाटी बजारका अनुसार हरियो धनियाँको भाउ घटेर प्रति किलो ६० देखि ७० रुपैयाँमा आइपुगेको छ। गत महिनासम्म धनियाँको भाउ प्रति किलो ३ सय रुपैयाँभन्दा बढी पुगेको थियो। कात्तिकमा प्रति किलो ५ सय रुपैयाँभन्दा बढीमा कारोबार भएको थियो।

आलुको भाउ पनि घट्न थालेको छ। नयाँ आलु आउन थालेपछि भाउ घट्दै रातो आलुको भाउ प्रति किलो न्यूनतम ३२ रुपैयाँमा झरेको छ।

हाल कालीमाटी बजारमै गोलभेंडाको औसत थोक मूल्य प्रति किलो ११५ रुपैयाँ छ। गत वर्ष यही समयमा गोलभेंडाको भाउ प्रति किलो ५५ रुपैयाँदेखि ९७ रुपैयाँसम्म थियो।

मंसिर ६ गते आइतबार बजारमा ठूलो गोलभेंडा प्रति किलो ११५ रुपैयाँ, सानो ८३ रुपैयाँ, टनेलको गोलभेंडा ९७ रुपैयाँ छ। गत वर्ष सोही दिन ठूलो गोलभेंडा ९५ रुपैयाँ, सानो गोलभेंडा ५५ रुपैयाँ र टनेलको गोलभेंडा ९७ रुपैयाँ थियो।

कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको भन्दा यो वर्ष गोलभेंडाको भाउ ३१ प्रतिशत महँगो भएको छ।

यतिबेला बजारमा सुकेको प्याजको भाउ पनि उकालो लागेको छ। प्याज प्रति किलो ४० देखि ५५ रुपैयाँ पुगेको छ। २ साताअघि सुकेको प्याजको मूल्य प्रति किलो २६ रुपैयाँ थियो।

त्यस्तै, लोकल गाजर, स्थानीय काउली, बन्दा, भन्टा, मटरकोसा, टाटे सिमी, बरेला, भिण्डीको भाउ पनि घट्न सकेको छैन। यो हरियो सागको सिजन भएपनि भाउ भने सस्तिन सकेको छैन।

कालीमाटीमा बजारमा रायोको साग प्रति किलो ३० देखि ५० रुपैयाँ, पालुंगो साग १०० देखि १३० रुपैयाँ, चम्सुरको साग १०० देखि १३० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ, मेथीको साग १०० देखि १३० रुपैयाँ, बकुला १२० रुपैयाँ छ। अकबरे हरियो खुर्सानीको भाउ प्रति किलो ३२० रुपैयाँ पुगेको छ।

कालीमाटी तरकारी बजारमा आज तरकारी, फलफूल र माछाको थोक मूल्य कति?

कृषि उपजइकाइन्यूनतमअधिकतमऔसत
गोलभेंडा ठूलो(नेपाली)के.जी.रू ९०.००रू १००.००रू ९५.००
गोलभेंडा ठूलो(भारतीय)के.जी.रू ११०.००रू १२०.००रू ११५.००
गोलभेंडा सानो(लोकल)के.जी.रू ८०.००रू ९०.००रू ८३.७५
गोलभेंडा सानो(टनेल)के.जी.रू ८०.००रू १०८.००रू ९७.६०
गोलभेंडा सानो(भारतीय)के.जी.रू ९०.००रू ११०.००रू ९८.३३
गोलभेंडा सानो(तराई)के.जी.रू ९०.००रू १००.००रू ९३.७५
आलु रातोके.जी.रू ३२.००रू ४०.००रू ३६.५०
आलु रातो(भारतीय)के.जी.रू २५.००रू २८.००रू २६.६०
प्याज सुकेको (भारतीय)के.जी.रू ४०.००रू ५५.००रू ४५.८३
गाजर(लोकल)के.जी.रू ८०.००रू ९०.००रू ८३.३३
गाजर(तराई)के.जी.रू ७०.००रू ८०.००रू ७३.३३
बन्दा(लोकल)के.जी.रू ४५.००रू ५५.००रू ५०.००
बन्दा(तराई)के.जी.रू ३५.००रू ५०.००रू ४१.८८
बन्दा(नरिवल)के.जी.रू ३५.००रू ४५.००रू ४०.००
काउली स्थानीयके.जी.रू ५०.००रू ६०.००रू ५५.८३
स्थानीय काउली(ज्यापु)के.जी.रू ७०.००रू ८०.००रू ७५.००
काउली तराईके.जी.रू ४०.००रू ५०.००रू ४५.००
मुला रातोके.जी.रू ३५.००रू ४०.००रू ३७.५०
मुला सेतो(लोकल)के.जी.रू १५.००रू २०.००रू १७.५०
सेतो मुला(हाइब्रिड)के.जी.रू ३०.००रू ४०.००रू ३५.००
भन्टा लाम्चोके.जी.रू ७०.००रू ८०.००रू ७४.००
भन्टा डल्लोके.जी.रू ८०.००रू ९०.००रू ८६.२५
बोडी(तने)के.जी.रू १५०.००रू १७०.००रू १६०.००
मकै बोडीके.जी.रू ६०.००रू ७०.००रू ६५.००
मटरकोसाके.जी.रू ८०.००रू १३०.००रू १०४.००
घिउ सिमी(लोकल)के.जी.रू ६५.००रू ७५.००रू ७०.००
घिउ सिमी(हाइब्रिड)के.जी.रू ५०.००रू ६०.००रू ५५.००
घिउ सिमी(राजमा)के.जी.रू १३०.००रू १५०.००रू १४०.००
टाटे सिमीके.जी.रू ८०.००रू ९०.००रू ८५.००
तितो करेलाके.जी.रू ११०.००रू १२०.००रू ११५.००
लौकाके.जी.रू ६०.००रू ७०.००रू ६५.००
परवर(लोकल)के.जी.रू ८०.००रू १००.००रू ९०.००
परवर(तराई)के.जी.रू ८०.००रू १००.००रू ९०.००
घिरौलाके.जी.रू ८०.००रू १००.००रू ९०.००
फर्सी पाकेकोके.जी.रू ३०.००रू ४०.००रू ३५.००
फर्सी हरियो(लाम्चो)के.जी.रू ५०.००रू ६०.००रू ५५.००
हरियो फर्सी(डल्लो)के.जी.रू ४०.००रू ६०.००रू ४७.५०
सलगमके.जी.रू ८०.००रू ९०.००रू ८५.००
भिण्डीके.जी.रू १२०.००रू १३०.००रू १२५.००
सखरखण्डके.जी.रू ५०.००रू ६५.००रू ५७.५०
बरेलाके.जी.रू ८०.००रू ९०.००रू ८५.००
पिंडालुके.जी.रू ८०.००रू १००.००रू ९०.००
स्कुसके.जी.रू २५.००रू ३०.००रू २७.५०
रायो सागके.जी.रू ३०.००रू ५०.००रू ४०.००
पालुंगो सागके.जी.रू १००.००रू १३०.००रू ११५.००
चम्सुरको सागके.जी.रू १००.००रू १३०.००रू ११५.००
तोरीको सागके.जी.रू ४०.००रू ५०.००रू ४५.००
मेथीको सागके.जी.रू १००.००रू १३०.००रू ११५.००
प्याज हरियोके.जी.रू ५०.००रू ६०.००रू ५३.३३
बकुलाके.जी.रू ११०.००रू १२०.००रू ११५.००
तरुलके.जी.रू ६०.००रू ७०.००रू ६६.६७
च्याउ(कन्य)के.जी.रू १००.००रू १३०.००रू ११५.००
च्याउ(डल्ले)के.जी.रू ३००.००रू ३५०.००रू ३२५.००
कुरिलोके.जी.रू १,०००.००रू १,२००.००रू १,१००.००
ब्रोकाउलीके.जी.रू ८०.००रू १३०.००रू १०३.३३
चुकुन्दरके.जी.रू ८०.००रू ९०.००रू ८५.००
रातो बन्दाके.जी.रू १८०.००रू २००.००रू १९०.००
जिरीको सागके.जी.रू २००.००रू २५०.००रू २२५.००
ग्याठ कोबीके.जी.रू १००.००रू १२०.००रू ११०.००
सेलरीके.जी.रू २८०.००रू ३००.००रू २९०.००
पार्सलेके.जी.रू ६००.००रू ७००.००रू ६५०.००
सौफको सागके.जी.रू १३०.००रू १५०.००रू १४०.००
पुदिनाके.जी.रू ४००.००रू ५००.००रू ४५०.००
गान्टे मुलाके.जी.रू ८०.००रू १००.००रू ८७.५०
इमलीके.जी.रू १७०.००रू १८०.००रू १७५.००
तामाके.जी.रू ११०.००रू १२०.००रू ११५.००
तोफुके.जी.रू १३०.००रू १५०.००रू १४०.००
गुन्द्रुकके.जी.रू ३५०.००रू ४००.००रू ३७५.००
स्याउ(झोले)के.जी.रू २००.००रू २५०.००रू २२५.००
स्याउ(फुजी)के.जी.रू २८०.००रू ३२०.००रू ३००.००
केरादर्जनरू १८०.००रू २००.००रू १९०.००
कागतीके.जी.रू ८०.००रू १००.००रू ९०.००
सुन्तला(नेपाली)के.जी.रू ८०.००रू १२०.००रू १००.००
तरबुजा(हरियो)के.जी.रू ९०.००रू १००.००रू ९५.००
मौसमके.जी.रू ८०.००रू १००.००रू ९०.००
जुनारके.जी.रू १००.००रू १२०.००रू ११०.००
भुई कटहरप्रति गोटारू १४५.००रू १५५.००रू १५०.००
काक्रो(लोकल)के.जी.रू ५०.००रू ७०.००रू ५९.१७
काक्रो(हाइब्रिड)के.जी.रू ३०.००रू ४०.००रू ३५.००
निबुवाके.जी.रू ५०.००रू ६०.००रू ५५.००
नासपाती(चाइनिज)के.जी.रू २००.००रू २३०.००रू २१५.००
मेवा(नेपाली)के.जी.रू ६०.००रू ७०.००रू ६५.००
मेवा(भारतीय)के.जी.रू ९०.००रू १००.००रू ९५.००
अम्बाके.जी.रू १००.००रू १२०.००रू ११०.००
लप्सीके.जी.रू ६५.००रू ७५.००रू ७०.००
स्ट्रबेरी भुईऐसेलुके.जी.रू ४५०.००रू ५००.००रू ४७५.००
किविके.जी.रू २००.००रू २५०.००रू २२५.००
शरिफाके.जी.रू १५०.००रू २००.००रू १७५.००
आभोकाडोके.जी.रू २५०.००रू ३५०.००रू ३००.००
अमलाके.जी.रू ७०.००रू ८०.००रू ७५.००
अदुवाके.जी.रू ६०.००रू ८०.००रू ७०.००
खुर्सानी सुकेकोके.जी.रू ३६०.००रू ४४०.००रू ४००.००
खुर्सानी हरियोके.जी.रू ८०.००रू ९०.००रू ८५.००
खुर्सानी हरियो(माछे)के.जी.रू ८०.००रू ९०.००रू ८५.००
खुर्सानी हरियो(अकबरे)के.जी.रू २५०.००रू ३२०.००रू २८७.५०
भेडे खुर्सानीके.जी.रू ८०.००रू ९०.००रू ८५.००
लसुन हरियोके.जी.रू ६०.००रू ८०.००रू ७०.००
हरियो धनियाँके.जी.रू ६०.००रू ७०.००रू ६३.३३
लसुन सुकेको चाइनिजके.जी.रू २४०.००रू ३२०.००रू २८०.००
लसुन सुकेको नेपालीके.जी.रू २२०.००रू २५०.००रू २३५.००
छ्यापी सुकेकोके.जी.रू १५०.००रू १८०.००रू १६५.००
छ्यापी हरियोके.जी.रू १५०.००रू १८०.००रू १६५.००
माछा सुकेकोके.जी.रू ८००.००रू १,०००.००रू ९००.००
ताजा माछा(रहु)के.जी.रू ३२०.००रू ३४०.००रू ३३०.००
ताजा माछा(बचुवा)के.जी.रू २६०.००रू २८०.००रू २७०.००
ताजा माछा(छडी)के.जी.रू २३०.००रू २५०.००रू २४०.००
रुख टमाटरके.जी.रू १४०.००रू १६०.००रू १५०.००
राजा च्याउके.जी.रू २८०.००रू ३००.००रू २९०.००
सीताके च्याउके.जी.रू ८००.००रू १,०००.००रू ९००.००
काक्रो(लोकलक्रस)के.जी.रू ४०.००रू ५०.००रू ४५.००
स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

The post मागअनुसार तरकारी नआउँदा घटेन भाउ, गोलभेंडाको थोक मूल्य नै प्रति किलो १०० रुपैयाँभन्दा बढी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category