npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

इन्द्र कमल रोक्का 11 hours ago

वेन्चाङ, हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

उक्त उपग्रहलाई बेइजिङ समयअनुसार साँझ ८ः३० बजे लङ मार्च–५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उपग्रहले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ । यो उपग्रह मुख्यतः बहु–ब्यान्ड तथा उच्च–गति सञ्चार प्रविधि सम्बन्धी परीक्षण र प्रमाणीकरण कार्यका लागि प्रयोग गरिनेछ ।

यस प्रक्षेपणसँगै लङ मार्च वाहक रकेट श्रृंखलाले आफ्नो ६१८औँ मिशन पूरा गरेको छ । -सिन्ह्वा

Read more news from Kendrabindu

Explore by Source or Category