npl.977 Nepal News Stream

RONB post logo RONB post

एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

RONB Post 23 hours ago

काठमाडौं । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने तालिका छ ।

एमालेले यसपटक घोषणापत्रमार्फत आर्थिक समृद्धि र राजनीतिक स्थायित्वलाई केन्द्रीय एजेन्डा बनाएको छ।

विशेषगरी रोजगारी विस्तार, सुशासनको प्रत्याभूति, सामाजिक न्यायको प्रवर्द्धन तथा राज्यका संरचनात्मक सुधारलाई प्राथमिकतामा राखिएको बताइएको छ।

वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै देशमा स्थिर सरकार आवश्यक रहेको निष्कर्षसहित एमाले निर्वाचनमा होमिएको हो। नयाँ सत्ता समीकरणमार्फत स्पष्ट बहुमतसहित सरकार गठन गर्ने लक्ष्य पार्टीले सार्वजनिक रूपमा व्यक्त गरेको छ।

चुनावी घोषणापत्रमार्फत बहुमत आउने गरी निर्वाचनमा होमिएको एमालेले जनाएको छ ।

The post एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category