npl.977 Nepal News Stream

Taksar News logo Taksar News

१६ औँ योजनालाई प्रभावकारी बनाउन कार्ययोजना ल्याउँदैछौँं: उपाध्यक्ष श्रेष्ठ

टक्सार न्युज 7 hours ago

काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले १६ औँ योजनालाई प्रभावकारी बनाउन कार्यान्वयन कार्ययोजना ल्याउन लागिएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा १६ औँं योजनापत्रमा राखिएका लक्ष्यहरु केही महत्वकांक्षी भएपनि पूरा गर्न सकिने स्थिति रहेको बताउँदै कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी भएको जानकारी दिए ।

उनले १६ औँं योजनामा अहिले पर्यटकको १३ दिन बसाइ रहेकोमा त्यसलाई १५ दिन बनाउने, अहिले एउटा पर्यटकले गर्ने दैनिक खर्च ४० डलरलाई त्यसलाई दोब्बरले वृद्धि गरी ८५ डलर बनाउने, पर्यटन क्षेत्रको जीडीपीमा योगदान २ बाट ७ प्रतिशत बनाउने रहेको बताए ।

यि हासिल गर्न सरोकारवाला सबैको सहयोग मिल्नुपर्ने बताउँदै यी लक्ष्यहरु पूरा गर्न कार्ययोजना ल्याउन लागिएको उनकाे भनाइ छ ।

श्रेष्ठले भने, “१६ औँं योजनाका लक्ष्यहरु महत्वकांक्षी जस्तै छ, अहिले पर्यटकको १३ दिनको बसाईंलाई १५ दिन बनाउने, अहिले एउटा पर्यटकले गर्ने दैनिक खर्च ४० डलरलाई त्यसलाई दोब्बरले वृद्धि गरी ८५ डलर बनाउने, पर्यटन क्षेत्रको जीडीपीमा योगदान २ बाट ७ प्रतिशत बनाउने छ । यी हासिल गर्न सरोकारवाला सबैको सहयोग मिल्नुपर्छ । १६ औं योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन योजना आयोगले कार्यान्वयन कार्ययोजना बनाएर मन्त्रिपरिषद्मा पठाइसकेको छ । कार्ययोजनामा क्षेत्रगत कार्ययोजना बनाइएको छ । जसले गर्दा मन्त्रालय, विभागहरुलाई काम गर्न सहज हुनेछ ।”

१६ औँं योजनाका लक्ष्यहरु पूरा गर्न ल्याउन लागिएको कार्ययोजनाले आगामी दिनमा मन्त्रालयहरुलाई काम गर्न सघाउ पुग्ने उनको विश्वास रहेको छ ।

Read more news from Taksar News

Explore by Source or Category