RONB post
कक्षा १२ को परीक्षा फाराम खुल्यो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले ०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको छ।
बोर्डका अनुसार नियमिततर्फका सबै विद्यार्थी तथा आंशिकतर्फ रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थीले मात्र फाराम भर्न पाउनेछन्।
आंशिक परीक्षार्थीका लागि यो अन्तिम अवसर भएकाले तोकिएको समयभित्र फाराम नभरिए परीक्षा दिन नपाइने बोर्डले स्पष्ट गरेको छ। फाराम भर्ने म्याद, शुल्क र अन्य विवरण सम्बन्धित विद्यालय तथा बोर्डको सूचनामार्फत सार्वजनिक गरिने जनाइएको छ।
यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
The post कक्षा १२ को परीक्षा फाराम खुल्यो appeared first on RONB post.