npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

एपिएफ एन्फा महिला च्याम्पियनसिपको फाइनलमा

Prakash Timalsina 1 day ago

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब रेडबुल एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको थरुहट रंगशालामा बिहीवार दोस्रो सेमिफाइनलमा संकटा क्लबलाई ३-० ले हराउँदै उपाधि नजिक पुगेको हो। एपिएफका लागि रश्मिकुमारी घिसिङ, अनिता केसी र गिता रानाले गोल गरिन्।

रश्मिले ११ औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । त्यसको २ मिनेटपछि अनिताले गोल गरेपछि एपिएफले पहिलो हाफमा २-० को अग्रता बनायो। खेल सकिन ३ मिनेट बाँकी रहँदा गिताले गोल गरिन्।

खेलमा एपिएफकी मनमाया दमाई प्लेयर अफ दि म्याच बनिन् । एपिएफले शनिवार हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख ५० हजार र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

The post एपिएफ एन्फा महिला च्याम्पियनसिपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category