Taksar News
प्रतिनिधि सभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा सुरू भएको छ ।
आगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतिकरण दिनेछ । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरू तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी छन्।
प्रमुख दुई राजनीतिक दलहरु नेकपा (एमाले) र नेपाली काँग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ ।
केही जेनजी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।