लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले डाक्यो पुस २९ गते एजीएम
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २९ गते, मंगलबार, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा काठमाडौँ बैङ्क्वेट, प्रालि थापागाउँ, नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ।
साथै सभाले बैंक वित्तीय संस्थाबाट थप ऋण लिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुकक्लोज गर्दैछ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।