npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

Prakash Timalsina 1 day ago

पोखरा (हाम्रो खेलकुद)-  ए डिभिजन टोली जावलाखेल युथ क्लब‌ २५ औं आहा! रारा पोखरा गोल्डप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जाउलाखेलले उपाधि नजिक पुगेको हो। जावलाखेल १४ वर्षपछि आहा राराको फाइनलमा पुगेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ५२औँ मिनेटमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो । धरबेन्दर कुँवरले लेफ्ट विङबाट डि–एरिया नजिकैबाट दिएको क्रस रोक्ने क्रममा आभाका डिफेन्डर कुशान गानिजानोभलाई लाग्दै बल गोलमा परिणत भएपछि जावलाखेलले अग्रता लियो । त्यहि गोलमा जावलाखेलले अन्तिम दुईको यात्रा गर्यो।

६५औँ मिनेटमा मामुरोतोभलाई फाउल गरेका युवराज ढकालले सिधै रातो पाएपछि जावलाखेल १० खेलाडीमा सिमित भयो। त्यसका बाबजुद जावलाखेलले अग्रता जोगाउँदै फाइनल स्थान सुरक्षित गर्‍यो । आभाका जोकोचन राखिमोभ प्लेयर अफ दि म्याच घोषित भए ।

जावलाखेल र आयोजक सहारा क्लबबीच शनिवार फाइनल हुनेछ। सहारा ९ वर्षपछि आहा राराको फाइनल खेल्दैछ।

The post जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category