npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

हाइड्रोपावर कम्पनीलाई विद्युत उत्पादन बढ्दा घटेको ब्याजदरको पनि साथ, नाफामा १०३% उछाल

Sunil Kunwar 4 hours ago

काठमाडौं। बजारमा ऋणको माग नभएर बैंक तथा वित्तीय संस्थाको व्यापार खुम्चिंदा जलविद्युत कम्पनीको भने ब्यालेन्स सिट सुधारिएको छ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत कम्पनीले वित्तीय लागत घट्दा चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा नाफा सतप्रतिशत बढाएका छन्।

नेप्सेमा सूचीकृत ९७ वटा जलविद्युत कम्पनीमध्ये वित्तीय विवरण सार्वजनिक गरेका ९३ कम्पनीले ७ अर्ब १ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन्। हाइड्रोपावरले आर्जन गरेको यो मुनाफा पोहोर ६ महिनाको तुलनामा १०२.७१ प्रतिशत धेरै हो।

पोहोर दोस्रो त्रैमाससम्म जलविद्युत कम्पनीले ३ अर्ब ४६ करोड रुपैयाँ मुनाफा कमाएका थिए। बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर सस्तो भइ आफ्नो लागत घटेपछि यसपालि जलविद्युत कम्पनीको नाफा बढेको हो।

हाइड्रोपावरले विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढाएका छन्।

आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमास जलविद्युत आयोजनाका लागि विद्युत उत्पादनका हिसाबले सिजन हो। अधिकांश जलविद्युत आयोजना नदी प्रवाह (आरओआर)मा आधारित भएकाले बर्खामा पूर्ण क्षमता र हिउँदमा नदीमा बहाब घट्ने भएकाले एक तिहाइ क्षमतामा विद्युत उत्पादन गर्छन्।

पहिलो र दोस्रो त्रैमासमा विद्युत बिक्री आम्दानी बढेका कारण ७६ वटा जलविद्युत कम्पनी नाफामा छन्। १७ कम्पनी भने नोक्सानीमा रहेको वित्तीय विवरणले देखाउँछ।

गत वर्ष दोस्रो त्रैमासमा ६६ कम्पनी नाफामा हुँदा २७ वटा नोक्सानीमा थिए। गत वर्ष नोक्सानीमा रहेका १४ कम्पनी व्यापार बढ्दा तथा लागत घटेका कारण नाफामा गएका छन्।

विद्युत बिक्री बढ्नुका साथै बैंकको ब्याजदरमा आएको गिरावटले लागत घटेका कारण नाफा बढेको ऊर्जा उत्पादकहरु बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव बलराम खतिवडाले अधिकांश आयोजनाले ऋण घटाएका कारण दायित्व कम हुँदा नाफा वृद्धि भएको बताए।

‘यो त्रैमास बिजुली उत्पादन राम्रो हुने बेला हो। गत वर्षभन्दा यस वर्ष विद्युत उत्पादन बढेको छ। कतिपय आयोजनाको ऋण पनि घट्दै गएको छ। यो वर्ष पछिसम्म बिजुली उत्पादन राम्रो भएको छ,’ खतिवडाले भने, ‘तेस्रो त्रैमासमा पानी परे विद्युत उत्पादन राम्रो भएर ब्यालेन्स सिटमा थप सुधार देखिन्छ। तर, अचेल हिउँदमा पानी पर्न छोडेको छ।’

जलविद्युत कम्पनीमा आयोजना निर्माण गर्दा लिएको ऋणको ब्याज भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ। जसको कारण विद्युत उत्पादन नहुँदासम्म कम्पनीले ठूलो रकम वित्तीय दायित्व भुक्तानीमा खर्च गर्नुपर्ने हुन्छ। अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा छ।

पछिल्लो साढे तीन वर्षदेखि निरन्तर ओरालो लागिरहेको निक्षेपको ब्याजदर नै २ प्रतिशतमा आएकाले बैंकले अहिले ६ प्रतिशत ब्याजमै ऋण दिइरहेका छन्।

नेप्सेमा सूचीकृत हाइड्रोपावरको दुई आर्थिक वर्षको ६ महिनाको नाफा/नोक्सान विवरण रु लाखमा

हाइड्रोपावर२०८२ पुस२०८१ पुसफरक %
अपर तामाकोशी९९६५-८२११
साहस ऊर्जा९०४८७०९८२७.४७
माउन्टेन इनर्जी नेपाल५४१४५१२०५.७४
ग्रिन भेन्चर्स४६६७३७४१२४.७५
अपी पावर कम्पनी४२६२३११६३६.७८
चिलिमे हाइड्रोपावर३९८०३८२८३.९७
राधी विद्युत कम्पनी२९८४६३३३७१.४१
बलेफी हाइड्रोपावर२२८१-१८१४
बुटवल पावर कम्पनी२२५३१९३८१६.२५
सुपर मार्दी हाइड्रोपावर२०५९१२१७६९.१९
सिंगटी हाइड्रो इनर्जी१९६९१४२८३७.८९
अपर सोलु१९३६१४३२३५.२
मान्डू हाइड्रोपावर१८३०१६२०१२.९६
सानिमा मिडल तमोर१८१०२७४४-३४.०४
स्वेत गंगा हाइड्रोपावर१५९२१०२५५५.३२
अरुण काबेली१५४४५८९१६२.१४
सानिमा माई हाइड्रोपावर१२५६२६९१-५३.३३
ङादी हाइड्रोपावर११५९-८६
बिन्धबासिनी हाइड्रोपावर११२०८१०३८.२७
सान्जेन जलविद्युत१०८५-१३५६
हिमालयन पावर पार्टनर१०७०९७२१०.०८
सिक्लेस हाइड्रोपावर१०५९९९५६.४३
हिमालयन ऊर्जा विकास कम्पनी१०४५६८०५३.६८
अरुण भ्याली हाइड्रोपावर१०००१९४२-४८.५१
पाँचथर पावर कम्पनी९०४-७७६
माथिल्लो मैलुङ खोला जलविद्युत८५६३५५१४१.१३
पञ्चकन्या माई हाइड्रोपावर८३९२८३१९६.४७
युनिभर्सल पावर कम्पनी८३७११३७-२६.३९
मकर जितुमाया सुरी हाइड्रोपावर८००७५९५.४
कालिका पावर कम्पनी७५०७५७-०.९२
मिडसोलु हाइड्रोपावर७४६७२३३.१८
अपर हेवाखोला हाइड्रोपावर७४५५५८३३.५१
मोलुङ हाइड्रोपावर६७४४०१६८.०८
तेह्रथुम पावर६६१३९७६६.५
मध्य भोटेकोशी६१२-१९१
हिमालयन हाइड्रोपावर५९०५४९७.४७
स्याङ्गे पावर कम्पनी५५५४४९२३.६१
रुरु जलविद्युत५२७६००-१२.१७
विकास हाइड्रोपावर५०२२४९१०१.६१
युनाइटेड आरडीआई डडी मार्दी४८२४६७३.२१
आँखु खोला४६२१८६१४८.३९
नेपाल हाइड्रो डेभलपर्स४४७४३४
माया खोला हाइड्रो४३८७१५१६.९
रिडि पावर कम्पनी३७८२४९५१.८१
युनाइटेड मोदी३७७३५७५.६
ङादी ग्रुप पावर३६१२३२५५.६
मन्दाकिनी हाइड्रोपावर३६०३५७०.८४
चिर्ख्वा हाइड्रोपावर३५०११७१९९.१५
रिभर फल्स पावर३२३१३११४६.५६
भगवती हाइड्रोपावर३१२१४११२१.२८
इस्टर्न हाइड्रोपावर३०७१९२५९.९
बुंगल हाइड्रोपावर२७७-११९१
सुपर माई हाइड्रोपावर२७२४५६-४०.३५
युनियन हाइड्रोपावर२६३२०८२६.४४
नेसनल हाइड्रोपावर२५९१०५१४६.६७
छ्याङदी हाइड्रोपावर२३३-१८४-२२६.६३
सगरमाथा जलविद्युत कम्पनी२२५३७३-३९.६८
रवा इनर्जी डेभलपमेन्ट२२४१३४६७.१६
बरुण हाइड्रोपावर२१६२६९-१९.७
बुद्धभूमि हाइड्रोपावर२०४६२२२९.०३
मनकामना इन्जिनियरिङ हाइड्रोपावर१८६९२००
मौलुङ खोला जलविद्युत१७६२६२-३२.८२
सयपत्री हाइड्रोपावर१५८१११४२.३४
मेन्छियम हाइड्रोपावर१४३-१०५१
इङ्वा हाइड्रोपावर१३५-२९-५६५.५२
दिव्यश्वरी हाइड्रोपावर९९४८१०६.२५
दोल्ती पावर कम्पनी८७-१
कुथेली बुखरी स्मल हाइड्रोपावर८३८८-५.६८
दोर्दी खोला जलविद्युत७२-८०
माउन्टेन हाइड्रो नेपाल७१-३८१६
अपर स्याङे हाइड्रोपावर५०-१५१
माबिलुङ इनर्जी४५४६२.५
भुगोल इनर्जी डेभलपमेन्ट२९-६०
पिपुल्स हाइड्रोपावर कम्पनी२५-५६१
बराही हाइड्रोपावर२३३४-३२.३५
राप्ती हाइड्रो-२३२
पिपुल्स पावर-२२८३
समलिङ पावर कम्पनी-४९११३
माई खोला हाइड्रोपावर-६३५६
खानी खोला हाइड्रोपावर-६९-१६९
दरम खोला हाइड्रोपावर-८५२७२
लिबर्टी इनर्जी कम्पनी-८७-३०९
हिमस्टार ऊर्जा कम्पनी-१०८०.०५
थ्रिस्टार हाइड्रोपावर-११३६७
घलेम्दी हाइड्रोपावर-१७०-१६
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी-२१९-७५
शिभश्री हाइड्रोपावर-२२९-६१५
एसियन हाइड्रोपावर-२८९-१०४
हिमाल दोलखा हाइड्रोपावर-६०४-३६३
मोदी इनर्जी-६२४-३३५
त्रिशुली जलविद्युत कम्पनी-६२५-८०
भिजन लुम्बिनी ऊर्जा कम्पनी-८३२२६३
रसुवागढी हाइड्रोपावर-१०८१४-३२८
कुल७०१३७३४६००१०२.७१
स्रोत : हाइड्रोपावरले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण

यो वर्ष ६ महिनामा ७८ कम्पनीले नाफा वृद्धि गरेका छन्। अपर तामाकोशीले सबैभन्दा धेरै ९९ करोड ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी पोहोर दोस्रो त्रैमासमा ८२ करोड ११ लाख रुपैयाँ नोक्सानीमा थियो।

साहस ऊर्जाले नाफा २७ प्रतिशतले बढाएर ९० करोड ४८ लाख रुपैयाँ पुर्‍याएको छ।

रसुवागढी हाइड्रोपावर भने सबैभन्दा धेरै १ अर्ब ८ करोड रुपैयाँ नोक्सानीमा गएको छ। गत असार अन्तिम साता बाढीले क्षति पुगेको रसुवागढी हाइड्रोपावर चार महिनापछि आंशिक सञ्चालनमा आएको थियो।

The post हाइड्रोपावर कम्पनीलाई विद्युत उत्पादन बढ्दा घटेको ब्याजदरको पनि साथ, नाफामा १०३% उछाल appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category