५ महिनामै ६ खर्ब ५० अर्बको व्यापार घाटा : आयात बढ्दो, निर्यात नाम मात्रै
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ७ खर्ब ६६ अर्ब रुपैयाँको आयात गर्दा १ खर्ब १६ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । आयात बढेसँगै व्यापार घाटा ६ खर्ब ४९ अर्ब पुगेको भन्सार विभागको तथ्यांक छ ।
भन्सार विभागका अनुसार आयात १५.८३% र निर्यात ५८.१७% ले बढेको छ। तर निर्यात वृद्धिको ठूलो हिस्सा कच्चा भटमासको तेल आयात गरी प्रशोधनपछि भारत पठाउँदा देखिएको हो। आयात बढेसँगै व्यापार घाटा पनि क्रमशः बढिरहेको विभागले जनाएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासजस्ता वस्तुले व्यापार घाटा अझै चर्काइरहेका छन्।