Taksar News
स्वचालित मार्गबाट स्वीकृत हुने वैदेशिक लगानीको अधिकत सीमा खारेज
टक्सार न्युज
|
13 hours ago
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै स्वचालित मार्गमार्फत स्वीकृत हुने प्रत्यक्ष वैदेशिक लगानीको माथिल्लो सीमा हटाएको छ ।
कुल पुँजी ५० करोड रूपैयाँसम्म मात्र विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुँदै आएकोमा माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले स्वचालित मार्गबाट स्वीकृत हुने विदेशी लगानीको अधिकतम् सीमा हटाउने निर्णय गरेको हो।
स्वचालित मार्गबाट २ करोड रूपैयाँभन्दा बढी विदेशी लगानी भित्राउन पाइने छ भने यसको अधिकतम सीमा हटाइएको हो ।