npl.977 Nepal News Stream

RONB post logo RONB post

‘जिब्रो छेड्ने जात्रा’ : २९ वर्षीय सुजनले चौथो पटक छेडे जिब्रो (फोटोफिचर)

RONB Post 1 day ago

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाकाे बोडेमा ‘जिब्रो छेड्ने जात्रा’ धुमधामका साथ मनाइएको छ । यस वर्ष चौथो पटक जिब्रो छेडेर २९ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन् ।

नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए ।

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।


जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने प्रचलन रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

The post ‘जिब्रो छेड्ने जात्रा’ : २९ वर्षीय सुजनले चौथो पटक छेडे जिब्रो (फोटोफिचर) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category