नेकपाले पा-र्यो चुनाव तयारी तीव्र , उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीहरूलाई परिपत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीहरूलाई परिपत्र जारी गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले प्रदेश र जिल्ला तहका कमिटीहरूलाई योग्य, लोकप्रिय र संगठनमा सक्रिय नेताहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ। परिपत्रमा समावेशी प्रतिनिधित्व, क्षेत्रीय सन्तुलन र पार्टीको नीतिप्रति प्रतिबद्धतालाई प्राथमिकता दिन भनिएको छ ।
पार्टी नेतृत्वले समयमै उम्मेदवार टुंगो लगाएर चुनावी तयारीलाई प्रभावकारी बनाउने उद्देश्यसहित परिपत्र जारी गरेको एक नेताले केन्द्रविन्दुलाई बताए । उम्मेदवार सिफारिस प्रक्रिया पूरा भएपछि केन्द्रिय तहबाट अन्तिम निर्णय हुने पार्टी स्रोतले जनाएको छ ।