npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालन्युज 14 hours ago

लुम्बिनी। जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय सूर्यपूरा रूपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

लुम्बिनीबाट सूर्यपूरातर्फ से ३ प ६०० नं को मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको मायादेवी गाउँपालिका–१ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र सोही मोटरसाइकल पछाडि सवार गैँडहवा गाउँपालिका–४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

प्रहरीले निजहरू बस्ने घरकोठा खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुसहित फेला पारेको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Read more news from नेपाल न्युज

Explore by Source or Category