npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

कोठा भित्रको बन्द समाज

Saral Patrika 5 hours ago

ढोका बन्द गरिएको
ताला लगाइएको हाम्रो समाज
अबोला अशिक्षित
अव्यवस्थित समाज
कसरी भो यो दुर्दशा…?
काँटा कोदाली
लमतन्न परेर
एउटै विचारमा
ढुंगासितै चोट खाँदै
पिरहरू सहँदै
अझैं पनि चुपचाप, अचल
ती,
फरुवा बेल्चा
हम्बर, मार्तोल
शब्दहरू छैन
अदृश्य, संकीर्ण
बाँच्ने आधारहरुमा
यसरी अघि बढ्दै
बाँचिरहेछ
हाम्रो समाज ।
किन छैन प्रतिवादहरू…?
किन छैन आवाजहरू…?
किन छैन जनचेतनाहरू…?
किनकी हाम्रो समाज
यसरी नै बाँचिरहँदो रहेछ ।
सधैंभरि अन्याय सहिबस्ने
झूटा आश्वासन मानी लिने
बानी बसेको आदत
यति भए पुग्छ ।
हाम्रो तपाईको समूहलाई
विचारहरूलाई
समाजलाई ।

-मिरिक बस्ती डुप्टिन, भारत

Read more news from Saral patrika

Explore by Source or Category