घोराही पुग्यो लुम्बिनी लायन्सको ‘ट्रफी उत्सव’
नेपालन्युज
|
7 hours ago
दाङ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को विजेता लुम्बिनी लायन्सको ‘ट्रफी उत्सव र्याली’ दाङको घोराही पुगेको छ।
बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्याली बर्दिया‚ दाङको तुलसीपुर हुँदै आइतबार घोराही पुगेको हो। र्यालीलाई घोराहीमा दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया‚ लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकालगायतले स्वागत गरे।
घोराही बजार परिक्रममा गर्दै र्याली घोराही उपमहानगरपालिका १७‚ गुलरियास्थित क्रिकेट मैदानमा पुगेर समापन गरिएको थियो।