RONB post
उपत्यकाव्यापी शैक्षिक हड्तालको प्रभाव न्यून, अधिकांश विद्यालय खुल्ला
काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले गरेको उपत्यकाव्यापी शैक्षिक हड्तालको प्रभाव न्यून परेको छ । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय खुल्ला रहेका छन् ।
केही ठूला नाम चलेका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द रहने जानकारी दिएपनि भित्रि भगामा रहेका अधिकांस विद्यायलहरु खुल्ला रहेका छन् ।
हड्ताल घोषणा गर्ने युनियन सुनिराखेको नाम पनि होइन । त्यसैले निजी विद्यालयका छाता संस्थाहरूले पनि विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा औपचारिक निर्णय गरेका छैनन् । प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् ।
नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले विभिन्न १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेको छ ।
विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले भोट हाल्न पाउनु पर्ने लगायतको १८ बुँदे माग राखिएको संगठनकी अध्यक्ष सुनिता बुढाथोकीले बताइन् ।
युनियनले विद्यालयले उठाउँदै आएको शूल्कमा ५० प्रतिशत घटाउनुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्णरूपमा लागु हुनुपर्ने माग गरेको छ ।
अन्य मागमा सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा अध्ययन–अध्यापन गराउनुपर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक ५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने युनियनको माग छ ।
यी हुन् १८ बुँदे माग
१. विदेशमा रहेका नेपाली विद्याथीं, श्रमिक तथा नेपाली नागरिकहरूले यसै निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरियोस।
२. संविधानमा व्यवस्था भएअनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्ण रूपमा लागू गरियोस ।
३. सबै सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामाध्यमबाट अध्ययन-अध्यापनको व्यवस्था गरियोस ।
४. कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक रु. ५००/- विद्यार्थी भत्ता उपलब्ध गराइयोस।
५. कलेज तहमा अध्ययन गर्ने इच्छुक सबै विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार हुने वातावरण सिर्जना गर्न सरकार जमानी बसेर प्रत्येकलाई न्यूनतम रु. १० लाखसम्मको सहुलियतपूर्ण ऋणको व्यवस्था गरियोस ।
६. निजी विद्यालयहरूले असुल्ने गरेको अत्यधिक शुल्कमा तत्काल ५० प्रतिशत कटौती गरियोस ।
७. सम्पूर्ण विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवाको व्यवस्था गरियोस ।
८. विद्यालय तथा शिक्षण संस्थाको आम्दानी र खर्च पूर्ण रूपमा पारदर्शी बनाइयोस ।
५. व्यवहारिक, सीपमूलक तथा उत्पादनमुखी शिक्षा प्रणाली लागू गरियोस ।
१०. विद्यार्थी राशन कार्डको व्यवस्था गरियोस ।
११. शिक्षाको निजीकरण र व्यापारीकरण अन्त्य गरियोस ।
१२. सबै तहमा प्राविधिक शिक्षाको प्रभावकारी कार्यान्वयन गरियोस।
१३. नैतिक, वैज्ञानिक र देशभक्तिपूर्ण शिक्षा नीति लागू गरियोस।
१४. निजी विद्यालयमा अध्यापन गर्ने शिक्षक तथा कर्मचारीको न्यूनतम तलब सरकारी विद्यालयको बराबर कायम गरियोस ।
१५. विद्यालय तथा कलेजको प्रयोजनका लागि आयात गरिने यातायातका साधन तथा अन्य शैक्षिक सामग्रीमा न्यूनतम ५० प्रतिशत भन्सार शुल्क घटाइयोस ।
१६. प्रतिनिधिसभाको निर्वाचन मिति मै प्रदेश र पालिकाहरूको पनि चुनाब गराइयोस। अरबौ रूपैयाँ बचत गरि औद्योगिक क्रान्तिको योजना बनाई कार्यान्वयनको शुरूवात गरियोस ।
१७. सबै असमान सन्धि सम्झौता खारेज गरियोस। अतिक्रमित नेपाली भूमि फिर्ता गरियोस ।
१८. राष्ट्रिय डेटा संरक्षण नीति निर्माण गरियोस। जनसंस्कृति, भाषा, लिपी आदिमाथि साम्राज्यवादी अतिक्रमण रोकियोस ।
The post उपत्यकाव्यापी शैक्षिक हड्तालको प्रभाव न्यून, अधिकांश विद्यालय खुल्ला appeared first on RONB post.