npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

छ्याङ्छाङ्दीबाट लागुऔषधसहित दुई जना पक्राउ

इन्द्र कमल रोक्का 2 hours ago

स्याङ्जा। स्याङ्जाको भीरकोट छ्याङ्छाङ्दीबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको विशेष अप्रेसनमा खटिएको टोलीले चेकजाँचका क्रममा तीन ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वालिङबाट भीरकोटतर्फ जाँदै गरेको ग २३ प ४०४२ नम्बरको स्कुटर रोकी जाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा स्कुटरमा सवार वालिङ नगरपालिका–८ बस्ने ३६ वर्षीय रोशन परियार र ३४ वर्षीय पुकार लोहनीको साथबाट ब्राउन सुगर फेला पारेको प्रहरी जानकारी दिएको छ ।

ब्राउन सुगर र स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए। दुबै जनालाई लागुऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता संगै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको चौधारीले बताए।

Read more news from Kendrabindu

Explore by Source or Category