npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

बैशाख ३ गतेः सुन चाँदीको भाउमा सामान्य वृद्धि

नानु खड्का (निर्जला) 14 hours ago

काठमाडौं । आज नयाँ वर्ष २०८३ को तेस्रो दिन वैशाख ३ गते सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २२० रुपैयाँ कायम भएको थियो ।

Read more news from Insurance Khabar

Explore by Source or Category