npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

एमालेको झन्डा जलाउने बुद्धिबहादुर पक्राउ

नेपालन्युज 15 hours ago

तुलसीपुर। यहाँस्थित तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झण्डा जलाएको आरोपमा आज तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय वुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।

प्रहरीले झण्डा जलाउने तीन जनाको पहिचान भएको जनाएको छ । तीमध्ये दुई जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रनाउ बोहराले बताए । घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले झण्डा जलाएको भन्दै एमालेले कारबाहीको माग गरेको छ ।

एमालेले आज अपराह्न ४ बजेतिर घोराहीमा प्रदर्शन गरेको छ ।

Read more news from नेपाल न्युज

Explore by Source or Category