देशभर पश्चिमी वायुको प्रभाव,केही स्थानमा बर्षा र हिमपात
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने तथा बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।