npl.977 Nepal News Stream

RONB post logo RONB post

चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा

RONB Post 22 hours ago

काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र आज बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

माघ २५ गते रिलिज भएको ‘झरीपछिको इन्द्रेणी’ले हलमा प्रदर्शनको ५१औं दिन मनाएको थियो । ४ पुसदेखि हलमा रिलिज भएको फिल्मले उत्कृष्ट प्रतिक्रिया पनि प्राप्त गरेको थियो ।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी लगायतको शीर्ष भूमिका छ । टी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनको अभिनय छ ।

The post चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category