npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ -शेरधन राई

इन्द्र कमल रोक्का 17 hours ago

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको आरोप लगाएका हुन् ।

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहनुभएका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी दिए ।

उनले प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने बताए ।

Read more news from Kendrabindu

Explore by Source or Category