npl.977 Nepal News Stream

RONB post logo RONB post

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

RONB Post 1 day ago

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

The post सुनचाँदीको मूल्य हालसम्मकै उच्च appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category