npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

प्रधानमन्त्री कार्कीले मुस्ताङ पुगेर लिइन् चुनावी तयारीको ब्रिफिङ, पोखरामा प्रदेशस्तरीय छलफल

Basudev Timalsina 9 hours ago

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की मुस्ताङमा चुनावी तयारीको अवस्थाबारे ब्रिफिङ लिएकी छन्। उनले शुक्रबार मुक्तिनाथ र जोमसोम पुगेर चुनावी तयारीको अवस्थाबारे छलफल गरेकी हुन्।

कार्कीले मुक्तिनाथमा त्यहाँका स्थानीयसँग तथा जोमसोममा प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र निर्वाचन अधिकृतसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।

निर्वाचन अधिकृत र सुरक्षाकर्मीले प्रधानमन्त्री कार्कीसामु मौसममा कुनै गडबडी नभएको अवस्थामा चुनाव गराउन कुनै वाधा नपर्ने बताएका छन्। ‘अहिलेकै जस्तो मौसम रह्यो भने निर्वाचनमा कुनै वाधा पर्दैन,’ निर्वाचन अधिकृतलाई उद्यृत गर्दै प्रधानमन्त्री कार्कीको सचिवालयले भन्यो।

प्रधानमन्त्री सुशीला कार्की चुनावी तयारीबारे मुस्ताङमा जानकारी लिंदै। तस्वीर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री कार्कीले शुक्रबार नै पोखरामा गण्डकी प्रदेशस्तरीय चुनावी सुरक्षाको तयारीबारे जानकारी लिन लागेकी छन्।

उनले यसअघि सोलुखुम्बु, भोजपुर र ताप्लेजुङको चुनावी तयारीबारे सम्बन्धित जिल्लामा पुगेर जानकारी लिएकी थिइन्। पूर्वी पहाडी जिल्ला जाने क्रममा प्रधानमन्त्रीले इटहरीमा कोशी प्रदेशस्तरीय छलफल समेत गरेकी थिइन्।

The post प्रधानमन्त्री कार्कीले मुस्ताङ पुगेर लिइन् चुनावी तयारीको ब्रिफिङ, पोखरामा प्रदेशस्तरीय छलफल appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category