राजधानीका ४ सभाको सम्बोधन गर्दै प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राजधानीका विभिन्न स्थानमा चार कार्यक्रममा सहभागी हुने भएका छन्।
पार्टी केन्द्रले दिएको सुचना अनुसार प्रचण्डले उम्मेदवारसहित जिल्लागत भेला तथा बुद्धिजीवी–पेशाकर्मीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेका छन्। दिउँसो १२बजे बनस्थलीस्थित मदर्श सभा भवनमा गोरखाली भेलामा सरिक हुने कार्यक्रम तय भएको छ । यस्तै उनले दिउँसो १ बजे गौशालास्थित अनुपम भोजनालयमा दोलखाली भेलालाई संवोधान गर्नेछन् ।
दिउँसो २ बजे जडिबुटीस्थित रायल सभा भवनमा काभ्रेली भेलार दिउँसो ३ राष्ट्रिय सभा गृहमा बुद्धिजीवी तथा पेशाकर्मीहरूसँग घोषणा पत्रबारे बृहत छलफल गर्ने प्रेस सेन्टरले बताएको छ ।
पार्टीले चुनावी अभियानमा विभिन्न समुदाय र पेशागत समूहसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएर चुनावी अभियानमा अग्रसर भएको छ ।