npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

Prakash Timalsina 1 day ago

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो।

पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ।

जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै छन्। खेल साँझ ५ बजे सुरु हुनेछ।

यि दुई टोली नै पहिलो संस्करणका बलिया टोली हुन् । बाँकी ३ टोली पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेडको प्रदर्शन ठिक ठाक मात्र रह्यो ।

फाइनलअघि सम्म अपराजित रहने एपिएफ र इस्ट बंगाल मात्रै हुन् । आज भने उपाधि छिनोफानोको लागि एउटा टोली हार्नेछ। अर्को च्याम्पियन बन्नेछ। स्वभाविक छ दुबै टोलीको लक्ष्य पहिलो संस्करण जित्नेछ।

एपिएफ घरेलु महिला फुटबलको सबै भन्दा बलियो टोली हो। लिग सहित अधिकांश नकआउटमा एपिएफ नै विजेता रहँदै आएको छ। साताअघि झापामा महिला गोल्डकपको फाइनलमा गुमाएको एपिएफले गत वर्ष लिग सहित सबै घरेलु प्रतियोगिता जितेको छ।

लिग च्याम्पियनकै हैसियतमा दुई पटक एएफसी च्याम्पियन्स लिगमा खेलेको एपिएफको त्यसमा राम्रो नजिता आउन सकेको छैन। एएफसी च्याम्पियन्स लिगमा बलियो दाबेदार प्रस्तुत गर्न सहज छैन। यस्तोमा एपिएफलाई घरेलु मैदानमा नेै अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका छ ।

यस्तो मौकाका लागि एपिएफले भविष्यमा वर्षाै कुर्नुपर्ने हुन्छ। आजको यो मौकालाई सदुपयोग गर्नसके महिला फुटबलमा अर्को एउटा इतिहास रच्ने छ।

तर, त्यसका लागि इस्ट बंगालको चुनौती पार गर्नुपर्ने छ । जुन सहज छैन। किन भने जारी च्याम्पियनमा एपिएफले भन्दा इस्ट बंगालको प्रदर्शन चुस्त र प्रभावकारी रहँदै आएको छ।

च्याम्पियनसिपको अन्तिम लिग खेल एपिएफ र इस्ट बंगालबीच भएको थियो। त्यो खेल गोलरहित बराबरीमा रोकिनुमा एपिएफकी गोलकिपर अन्जना राना मगरको भूमिका महत्वपूर्ण रह्यो। आफू सम्म आएका सबै आक्रमणलाई उनले रोकिन्।

एपिएफले केहि मौका पाएर पनि सदुपयोग गर्न सकेन । आज फेरि एकपटक दुई टोलीले आफू श्रेष्ठ रहेको प्रमाणितका लागि प्रयास गर्नेछन्।

लिगका ४ मध्ये एपिएफसँग बराबरी खेलेको इस्ट बंगालले बाँकी तीनै टोलीलाई हरायो ‌। जसमा विना गोल खाए १३ गोल गर्यो । अर्कोतर्फ एपिएफले इस्ट बंगालसंगै ट्रान्सपोर्टसँग गोलरहित खेलेको थियो।

एपिएफले नासिरलाई ४-० र कराँचीलाई १-० ले हराएको थियो। गोल गर्नेमा एपिएफ इस्ट बंगाल भन्दा कमजोर देखिएको छ। आज त्यसमा सुधार गर्न सके एपिएफले अन्तर्राष्ट्रिय उपाधि घरमा राख्न सक्छ।

अन्यथा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकै अधिकाशं प्रतियोगितामा जस्तो उप विजेतामा चित्त बुझाउनु पर्नेछ।

The post एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category