npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

मतपत्र छपाइ अन्तिम चरणमा

पालिका ब्यूरो 4 days ago

काठमाडौँ, –  प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकी रहेको पाँच लाख मतपत्र आज दिनभरिमा छपाइ सम्पन्न हुने जनाएको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आज साँझसम्म छापिसक्ने तयारी छ । “प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छाप्नुपर्नेमा बाँकी पाँच लाख आजै सकिन्छ,” उनले भने, “४२ दिनको कार्यतालिका बनाएर सुरु गरेको छपाइ ४० दिनमै पूरा हुँदैछ ।”

छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिने जानकारी उनले दिए । केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छाप्दै लक्ष्यभन्दा अगाडि नै काम सम्पन्न गरेको जनाएको छ ।

केन्द्रका अनुसार १० लाख नमूना मतपत्र निर्वाचन आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ । त्यस्तै, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ तथा प्याकिङ गरी जिल्लामा पठाउने काम जारी रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि फागुन १२ गतेसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको केन्द्रले जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category