सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३५ प्रतिशत लाभांश पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा पुष ७ गते सोमबार काठमाडौंमा सम्पन्न भएको हो ।
साधारण सभाले बैंकको चुक्ता पूँजी को ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात १७ करोड ७८ लाख १२ हजार बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार पुग्ने भएको छ ।
साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।