npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

एमालेद्धारा महाधिवेशनको सन्देश प्रवाह गर्न प्रदेश–जिल्ला भर्चुअल बैठक आयोजना

इन्द्र कमल रोक्का 9 hours ago

काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनको निर्णय र सन्देश देशभर पु¥याउने लक्ष्यसहित आज सबै प्रदेश र ७७ जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्य, प्रदेश कमिटीका सबै सदस्यसम्म सहभागी हुनेछन्। अधिकारीले भने, “महाधिवेशनको प्रारम्भिक निर्णय र नेतृत्वको जिम्मेवारी जनमानसमा स्पष्ट पार्न आजको बैठक आयोजना गरिएको हो।”

पार्टीले स्थानीय तहमा भइरहेका गतिविधि र महाधिवेशनले तोकेको राजनीतिक कार्यदिशालाई स्वीकृति दिन र कार्यान्वयन गर्न पार्टीपंक्तीलाई निर्देशन दिने तयारी गरेको छ । कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले पनि बैठक सम्बन्धी जानकारी सबै जिल्ला कमिटीलाई पु¥याइएको बताएका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category