npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

उपाध्यायको अपिलपछि अंशुको परिवारलाई सहयोग जुट्ने क्रम जारी

Saral Patrika 2 days ago

विराटनगर। बलात्कारपछि हत्या गरिएकी मोरङको लेटाङकी १२ वर्षीया अंशु गौतमको परिवारलाई आर्थिक सहयोग गर्ने अभियान चलाइएको छ।

अकल्पनीय घटनाले आहत बनेको पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले मनकारीहरुले सहयोग गरिरहेका छन्। पूर्वसचिव एवं पीडितलाई सहयोग जुटाउने अभियानमा सक्रिय भीम उपाध्यायको अपिलपछि सहयोग जुटेको हो।

विपन्न अवस्थामा रहेको गौतम परिवारलाई किरिया खर्च र दैनिक गर्जो टार्न समेत समस्या भएपछि स्थानीयको पहलमा सहयोग संकलन सुरु गरिएको थियो। यो जानकारी पाएपछि उपाध्यायले सहयोगको अभियानमा सघाउन अपिल गरेका हुन्।

सामाजिक सञ्जालमा उनले गरेको अपिलपछि धमाधम रकम संकलन भइरहेको छ। संकलित रकम पीडित परिवारलाई दिने काम भइरहेको उपाध्यायले जानकारी दिए।

उपाध्याय स्वयंले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। त्योसहित संकलित रकम अंशुका बुबा नवीन गौतमलाई हस्तान्तरण गरिएको स्थानीय योगराज दाहालले बताए।

गत असोज २३ गतेदेखि हराइरहेकी अंशुको शव १८ दिनपछि जंगलमा बीभत्स अवस्थामा भेटिएको थियो। लामो अनुसन्धानपछि प्रहरीले अंशुको आफ्नै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर पक्राउ गरिसकेको छ।

क-कसले गरे सहयोग ?

गौतम परिवारलाई विभिन्न माध्यमबाट सहयोग जुटिरहेको छ। कतिपयले सिधै परिवारलाई सम्पर्क गरी सहयोग गरिरहेका छन्। धेरैले पूर्वसचिव उपाध्यायमार्फत् नै सहयोग गरिरहेका छन्।

पछिल्लो तथ्यांकअनुसार सहयोग गर्ने मनकारीहरु देश विदेशबाट छन्। तीमध्ये हालसम्म उपलब्ध नाम र सहयोग यहाँ उल्लेख गरिएको छ।

पीडित परिवारका लागि रोशन खरेलले ५ हजार, शोभा घिमिरेले ३ हजार, जेसन अशुले २ हजार, राजेश श्रीवास्तवले १ हजार, शिव तिमल्सिनाले २ हजार, रोशन श्रेष्ठले ५ सय, धनेश्वर रौनियारले २ सय, तिलकराज बोगटीले ५ सय रुपैयाँ सहयोग पठाएका छन्।

यसैगरी, रमेश बडुवालले १ हजार १६१, रबिन्द्र सुबेदीले ५ सय, ‘सेप्टेम्बर किङ’ नामबाट ३ हजार, कल्याण अर्यालले ५ सय, चिरञ्जीवी ढकालले १ हजार ३००, लोकराज चौंलागाईले ५ हजार, अशोक पौडेल (दुबई) ले १ हजार रुपैयाँ सहयोग जम्मा गरेका छन्।

यस्तै, ज्ञवाली बाबुरामले ४ हजार, राजेन्द्र सुवेदीले २ हजार, अर्जुन चिमोरियाले ५ सय, अनिल चित्रकारले ३ हजार, उपेन्द्र यादवले ५६५, सुदर्शन कडेलले ५०१, सुमन कोइरालाले १ हजार, देव गौतमले ५ सय, कृष्णप्रसाद पौडेलले २ हजार, कुणाल मिश्रले १ हजार रुपैयाँ पीडितको खातामा जम्मा गराएका छन्।

पीडित परिवारको सहयोगका लागि रबिन्द्र कार्कीले ५ हजार, जनार्दन दुलालले १ हजार, अबिन भण्डारीले १ हजार १११, महेश सिवाकोटीले ५ सय, मनोज खड्काले १ हजार, मन्दिप मोबाइल्सले १५१, नवराज थापाले १ हजार, सन्तोष कार्कीले ५ सय, श्रबण रुपाखेतीले १ हजार १००, राधाकृष्ण रिजालले ३ हजार, कुमार खड्काले ५०५, विजय ढकालले ५ सय रुपैयाँ जम्मा गरेको उपाध्यायले जानकारी दिए।

सहयोग गर्न चाहनेले अंशुका बुवा नबीन गौतमको नबिल बैंकमा रहेको खाता २०८१००११७५०७२६५मा रकम पठाउन सकिने जनाइएको छ।

* * *

अंशु गौतमको परिवारलाई पूर्वसचिव उपाध्यायद्वारा आर्थिक सहयोग

यसरी भयो अंशुको हत्या

अंशु कक्षा ५ मा अध्ययनरत थिइन्

Read more news from Saral patrika

Explore by Source or Category