npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा निर्वाचनको भोलिपल्ट साधारण तारिख

Basudev Timalsina 4 hours ago

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा निर्वाचनको भोलिपल्ट फागुन २२ गते साधारण तारिखको मिति तोकेको छ।

साधारण तारिख फागुन २२ गतेका लागि तोकेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुँदैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध १७ वटा रिट निवेदन परेकामा सुनुवाइका लागि मिति तय भएको छैन ।

संवैधानिक इजलाससले यसअघि कात्तिक १२ गते सुनुवाइ गरी बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

विपक्षीहरूबाट लिखित जवाफ पेस भइसकेको छ।

The post प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा निर्वाचनको भोलिपल्ट साधारण तारिख appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category