npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

एमाले नेता महर एक लाख धरौटीमा रिहा, उनकी श्रीमती श्रेष्ठ पक्राउ

इन्द्र कमल रोक्का 16 hours ago

काठमाडौं । नेकपा एमालेका नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्।

विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटी माग गरेको हो। महरविरुद्ध एक लाख धरौटी माग भएको थियो । रकम बुझाएर उनी आजै रिहा भएका हुन् । उनी आज अदालतमा बयान दिन पुगेका थिए । सोही क्रममा उनले धरौटी रकम बुझाएका हुन् ।

सोही कसूरमा महरकी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएका प्रहरीले पक्राउ गरेको छ। महर दम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही कसूरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार थिए।

अदालतमा दर्ता भएको सोही मुद्दामा सोमबार पेशी थियो । थुनछेक बहसका क्रममा महरका लागि धरौटी माग भयो । तर, श्रेष्ठको सम्बन्धमा भने बहस नसकिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category