npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

टाटाले ल्यायो पन्च इभीको फेसलिफ्ट मोडल, ठूलो ब्याट्रीसहित थपियो अन्य फिचर

Shukra Giri 6 hours ago

काठमाडौं। टाटा मोटर्सले पन्च इभीको फेसलिफ्ट मोडल ठूलो ब्याट्रीसहित अन्य फिचर थपेर बजारमा ल्याएको छ। कम्पनीले फेसलिफ्ट मोडलको गाडी शुक्रबार भारतीय बजारमा सार्वजनिक गरेको हो।

कम्पनीले गाडी पुरानो मोडलको भन्दा ३० हजारदेखि १ लाख ८५ हजार भारुसम्म सस्तो बनाएको छ। गाडीको मूल्य ९ लाख ६९ हजारदेखि १२ लाख ५९ हजार भारु राखिएको छ।

यसमा ३० र ४० किलोवाट आवर(युनिट) क्षमताका दुई वटा ब्याट्री प्याक उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ४६८ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसअघि पन्च इभीमा २५ र ३५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक थियो। अहिलेको ब्याट्रीलाई ६५ किलोवाट क्षमताको डीसी फाष्ट चार्जरबाट २०-८० प्रतिशत चार्ज गर्न २६ मिनेट मात्रै लाग्ने कम्पनीले जनाएको छ।

यसको ग्राउन्ड क्लियरेन्स १९५ एमएम छ। यसको मोटर पावरले १२९ हर्सपावर र १५४ एनएमसम्म टर्क उत्पादन गर्न सक्छ।

गाडीमा ३ वटा सीटी, को र स्पोर्ट ड्राइभ मोड उपलब्ध छन्। साथै ४ लेभलसम्मको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि छ।

गाडीको बाहिरी भागमा केही अपडेट गरिएको छ। अगाडि बम्परलाई क्लोज्ड अफ ग्रिलका साथै क्लिन डिजाइन गरिएको छ। यसअघिको मोडलमा भएको ब्ल्याक ट्रिम कनेक्टिङ हेडल्याम्प हटाइएको छ। तर वाई-शेप्डको एलईडी डेटाइम रनिङ लाइट र चार्जिङ प्लाप भने परिवर्तन गरिएको छैन।

गाडीमा १६ इन्चको एरो-अप्टिमाइज्ड एलोय ह्वील्स राखिएको छ।

The post टाटाले ल्यायो पन्च इभीको फेसलिफ्ट मोडल, ठूलो ब्याट्रीसहित थपियो अन्य फिचर appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category