npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

वीरगञ्ज महानगरले हटायो बिपी उद्यान अतिक्रमण गरेरका पसल

पालिका ब्यूरो 1 week ago

पर्सा – वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।

मुख्य सहर क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित फलफूल, तरकारी तथा अन्य अस्थायी पसल हटाइएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । उनका अनुसार उद्यान क्षेत्रमा पसल राखिँदा अव्यवस्थित बनेकाले तिनलाई हटाएर पार्क निर्माण गर्ने योजना अघि बढाइएको हो ।

“घण्टाघरसँगै रहेको उद्यान अस्थायी पसलका कारण अव्यवस्थित थियो । त्यसलाई हटाएर व्यवस्थित र हरियाली पार्क निर्माण गर्ने तयारी गरेका छौँ,” महानगर प्रमुख सिंहले भने, । उहाँका अनुसार आज बिहान एक्जाभेटर प्रयोग गरी अतिक्रमण हटाउने काम गरिएको हो ।

उक्त क्षेत्रमा अस्थायी घरटहरा, फलफूल, तरकारी, कपडा पसल तथा विभिन्न खानाका स्टल गरी करिब २५० भन्दा बढी व्यापारीले व्यापार गर्दै आएका थिए । महानगरपालिकाले ती व्यापारीका लागि छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा आवश्यक संरचना तयार गरिएको जनाएको छ ।

महानगर प्रमुख सिंहले बीपी उद्यानलाई करिब ७० करोड रुपैयाँको लागतमा सुन्दर र हरियाली पार्कको रूपमा विकास गर्ने योजना रहेको पनि बताए ।

अतिक्रमण हटाउने क्रममा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा आज बिहानैदेखि बजार खाली गराइएको थियो ।

Read more news from PalikaNews

Explore by Source or Category