npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैबाट सहयोग हुने कार्यबाहक प्रमुख आयुक्तको विश्वास

Basudev Timalsina 8 hours ago

काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

आयोग र नेपाल कानुन समाजले शुक्रबार आज विराटनगरमा गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रियामा भण्डारीले बढीभन्दा बढी जनताको सहभागितामा निर्वाचनलाई उत्सवमय बनाउने काममा सम्बद्ध सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका हुन्।

उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोही कारबाहीको भागिदार हुने बताए।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन प्रचार प्रसारलगायत गतिविधिमा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग निषेध गरिएको भन्दै सचेत रहन राजनीतिक पार्टी र उम्मेदवारको ध्यानाकर्षण गराए।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गर्न कोशी प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले निर्वाचनमा आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्न सुझाव दिए।

The post निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैबाट सहयोग हुने कार्यबाहक प्रमुख आयुक्तको विश्वास appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category