npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

एसइई दिएर बसेका विद्यार्थीका लागि सरकारले ल्यायो ‘इन्स्पायर सिरिज’

इन्द्र कमल रोक्का 8 hours ago

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष ‘इन्स्पायर सिरिज’को सुरुवात गरेको छ। परीक्षा पछिको फुर्सदको समयलाई रचनात्मक बनाउन र विद्यार्थीहरूलाई भविष्यको सही मार्गचित्र कोर्न मद्दत गर्ने उद्देश्यले मन्त्रालयले यो कार्यक्रम ल्याएको हो।

शिक्षामन्त्री सस्मित पोखरेलले एक सन्देश जारी गर्दै यो समयलाई केवल नतिजाको प्रतीक्षामा मात्र सीमित नराखी आफ्नो रुचि पहिचान गर्ने र नयाँ कुरा सिक्ने सुनौलो अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । उनका अनुसार विद्यार्थीहरूले आफ्नो रुचि अनुसार खेलकुद, संगीत वा अन्य सृजनात्मक क्षेत्रमा समय लगानी गर्नु उपयुक्त हुनेछ।

मन्त्रालयले आजैदेखि आधिकारिक रूपमा शुभारम्भ गरेको यस ‘इन्स्पायर सिरिज’ मा विभिन्न क्षेत्रका सफल व्यक्तित्व तथा विज्ञहरूले आफ्ना सङ्घर्ष र अनुभवका कथाहरू साझा गरेका छन्। खेलकुद, कला र अन्य विभिन्न विधामा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको प्रेरणादायी भिडियो सामग्रीहरू मन्त्रालयको सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ।

यी सामग्रीहरूले विद्यार्थीहरूलाई आफ्नो भविष्यको शैक्षिक तथा व्यावसायिक यात्रा तय गर्न ऊर्जा र मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category