npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

निर्वाचनका लागि ७२ घण्टा सीमा नाका बन्द गर्न नेपाल–भारत सहमत

नेपालन्युज 10 hours ago

मोरङ । विराटनगरमा बिहीबार नेपाल–भारतको सीमा सुरक्षा बैठक भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, सीमा क्षेत्रबाट हुने चोरी तस्करीलगायतका विषयमा केन्द्रीत भएर बैठक भएको हो ।

दुवै देशको सुरक्षा बैठकले निर्वाचनका लागि सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने सहमति भएको छ । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लासँग जोडिएका भारतको किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा प्रमुखको बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको हो । बैठकको सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द हुनेछ । नाका बन्द भएको अवधिमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने बताइएको छ ।

बैठकमा नेपाली पक्षले भारतीय सुरक्षा निकालयलाई निर्वाचन प्रचारप्रसारका लागि भारतीय सवारीको प्रवेश रोक्नका लागि पनि सहयोग मागेको मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

 

Read more news from नेपाल न्युज

Explore by Source or Category