npl.977 Nepal News Stream

Himal Press logo Himal Press

फेरि झापा जाँदैछन् ओली

Kiran Poudel 3 hours ago

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि झापा जाँदैछन्। उनको सचिवालयका अनुसार बिहान ११ बजे बिर्तामोडका होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्न ओली झापा जान लागेका हुन्।

त्यसपछि दिउँसो ३ बजे दमक स्थित गोरखा डिपार्टमेन्ट स्टोर मा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै आन्तरिक भेटघाट गर्ने कार्यक्रम छ।

चुनावी माहोल तातिरहेको बेला झापा क्षेत्र नं ५ का एमालेका तर्फबाट उम्मेदवार समेत रहेका अध्यक्ष ओलीको झापा भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। कार्यक्रमका क्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने बताइएको छ।

Read more news from Himal Press

Explore by Source or Category