npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

रास्वपाले टुंगो लगायो संसदीय समितिका सभापतिका उम्मेदवार, कुनमा को ?

Basudev Timalsina 1 day ago

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ।

रास्वपाले बिहीबार अपराह्न सिंहदरबारमा संसदीय दलको बैठक राखेर संसदीय दलका सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बाँस्काेटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, शिक्षा समितिमा रहबर अन्सारी, अर्थ समितिमा सुशान्त वैदिक, कृषि तथा प्राकृतिक स्रोत समितिमा अशाेक चाैधरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास तथा पूर्वाधार विकास समितिमा आशिष गजुरेललाई सभापतिको उम्मेमदवार बनाउने निर्णय भएको रास्वपाका एक सांसदले जानकारी दिए।

ढकाल, झा र चौधरीबाहेक सबै नयाँ सांसद हुन्।

संसदीय समितिको सभापति चयनका लागि बिहीबार अपराह्न १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

The post रास्वपाले टुंगो लगायो संसदीय समितिका सभापतिका उम्मेदवार, कुनमा को ? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category