npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

प्रभु बैंकका सीईओलगायतलाई पाँचौँपटक म्याद थपियो

नेपालन्युज 8 hours ago

काठमाडौँ। उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन‚ सहायक प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई अनुसन्धानका लागि पाँचौँपटक म्याद थपेको छ।

मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलबासबाट आज (सोमबार) फेरि पाँच दिनका लागि म्याद थपेको हो।

उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार बैंकिङ कसुर मुद्दाको अनुसन्धान गर्न समय माग भएकाले थप पाँच दिनका लागि हिरासतमा राख्ने अनुमति दिइएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शेरचन र पोखरेललगायतलाई १४ मंसिरमा काठमाडौंबाट पक्राउ गरेको थियो। बैंकिङ कसुरसम्बन्धी मुद्दामा ब्युरोमा उजुरी परेपछि चारैजनालाई प्रभु बैंकको केन्द्रीय कार्यालय बिजुलीबजारबाट गिरफ्तार गरिएको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category