मिराज ढुंगानाको समूहले भोलिबाट आन्दोलन गर्ने
नेपालन्युज
|
8 hours ago
काठमाडौँ। मिराज ढुंगानाको समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने बताए।
माइतीघर मण्डलमा भोलि (सोमबार) ११ बजे उनले उपस्थितिका लागि सबैलाई आग्रह गरे। ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो।
उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै जेन-जी आन्दोलनप्रति धोका भएकाले सर्वपक्षीय सरकार बन्नुपर्ने भन्दै माग गरेका छन्।