npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

हामी निर्वाचनको तयारीमा छौं, तोकिएको समयमा हुनुपर्छ -कांग्रेस

इन्द्र कमल रोक्का 19 hours ago

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए ।

उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ । निर्वाचनबिना देशले निकास पाउँदैन । त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौं । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौं, ल्याउने क्रम पनि छ ।’

त्यस्तै उनले केही नेताहरूलाई स्थानहदको कुरा आएको भन्दै आम निर्वाचनमा संविधानले दिएको अधिकार अनुसार कुनैपनि दलको नेता वा नागरिक जहाँबाट पनि लड्न सक्ने बताए ।

उनले भयरहित वातावरण चुनाव गराउनसक्ने सरकारले आधार दिनुपर्नेभन्दै समानुपातिकतर्फको बन्द सूची बुझाउने समय केही थप गर्न माग गरे ।

Read more news from Kendrabindu

Explore by Source or Category